भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

खरीबोट

भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेकाले जनचेतना फैलाउने कार्यलाई सबैले तीव्रता दिनुपर्ने बताए ।

भक्तपुरमा डेंगु सङ्क्रमण नियन्त्रण बाहिर जाँदै गरेको प्रतिक्रिया दिँदै कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको बताए । यस वर्ष भक्तपुरमा गत भदौ ८ गते पहिलोपटक डेंगु सङ्क्रमितको पहिचान भएको थियो ।

कार्यालयका अधिकृत न्यौपानेका अनुसार ज्वरो आउनेबित्तिकै डेंगु रोगको आशङ्कामा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको उनले जानकारी दिए । जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमित बिरामी भेटिएको बताइएको छ । 

मानव बस्तीको बीचबीचमा पानीको स्रोत खुला भएको ठाउँमा डेंगु सार्ने लामखुट्टे बढी पाइने भएकाले डेंगु नियन्त्रण गर्न डेंगु फैलाउने लामखुट्टेको खोज र नष्ट गराँै अभियान सञ्चालन गर्नुपर्ने प्रमुख मिजारले बताए । 

उनले टोल, नगर, विद्यालयलगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रम भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहर नराख्ने कार्य गर्नुपर्ने बताए । 

सम्बन्धित समाचार

इलाममा डेंगुबाट एकको मृत्यु

फिक्कल । डेङ्गुका कारण  शुक्रबार इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  ज्वरो आएर इलाम अस्पतालमा भर्ना

महानगरका ३३ वडामा डेंगु नियन्त्रण कार्ययोजना

कास्की । गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना निर्माण गरिएको छ । सामाजिक विकास मन्त्रालयले ‘घर

पाकिस्तानमा डेंगुबाट यस बर्ष १६ को मृत्यु, नौ हजार प्रभावित

इस्लामावाद । पाकिस्तानमा डेङ्गुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।  अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेङ्गुबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय


z