मौसम खराब हुदा नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

खरीबोट

काठमाडौँ । काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ ।

काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।

उनका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिए । 

नेपालगञ्जमा बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

सम्बन्धित समाचार

दुई दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन हुने

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ । विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल

शितल निवासबाट हेलिकप्टर प्रयोग गरेर राष्ट्रपति भण्डारी विमानस्थलमा 

काठमाडौं । म्यानमारको राजकीय भ्रमणमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकप्टर प्रयोग गरेर त्रिभुवन विमानस्थल पुगेकी छन् । राष्ट्रपति भण्डारी ट्राफिक व्यवस्थापन तथा सुरक्षालाई ध्यान दिँदै हेलिकप्टरबाट बिमानस्थल पुगेकी हुन् । राष्ट्रपति

विमानस्थलमा तोडफोड गर्ने राजपा सांसद प्रमोद साह पक्राउ

काठमाडौँ । जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा राजपा सांसद प्रमोद साह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, रानीपोखरीकी प्रवक्ता एसएसपी किरण बज्राचार्यले संसद पक्राउ

राजपा सांसदद्वारा विमानस्थलमा तोडफोड, कारवाहीको माग

जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरको तोडफोड गरेका छन् । विमान निर्धारित समयभन्दा ढिला आएको भन्दै राजपाका सांसद प्रमोद साहले बुद्ध एयरको


z