• २०८१ बैशाख ८ शनिबार

राष्ट्रसङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना

kharibot

तेहरान । इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ ।  

राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उनीहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।

“विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर २३ तारिखका दिन न्यूयोर्क जाने कार्यक्रम थियो, तर उहाँहरूले न्यूयोर्क जानका लागि प्रवेशाज्ञासम्बन्धी प्रक्रिया अगाडि नबढाएकाले जाने सम्भावना देखिएको छैन,” इरानी समाचार संस्थाले लेखेको छ ।  

समाचारमा अगाडि लेखिएको छ, “उहाँहरूले यो समाचार तयार पारेको केही घण्टासम्म पनि प्रवेशाज्ञा प्राप्त नगरेमा उहाँहरूको भ्रमण स्वतः रद्द हुनेछ ।”

इरान र अमेरिकाबीचको विवाद चरम उत्कर्षमा पुगेको छ, विवादका विषयमा दुवै देशले वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । 

यी दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएकोमा कहिलेकाही कम भए पनि अधिकांश समय चर्किदै आएको छ । उनीहरू एक अर्काका कट्टर आलोचकका रूपमा चिनिन्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै