• २०८१ बैशाख ७ शुक्रबार

विराट कोहलीले बनाए टी-२० क्रिकेटमा तीन नयाँ किर्तिमान  

kharibot

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा तीन नयाँ किर्तिमान बनाएका छन् ।

बुधबार राति दक्षिण अफ्रीकाविरुद्धको खेलमा अविजित ७२ रन बनाउदै भारतलाई जित दिलाएका विराटले टी-२० क्रिकेटमा तीन किर्तिमान बनाएका हुन् ।

विराटले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने रेकर्ड बनाएका छन् । भारतकै रोहित शर्माको रेकर्डलाई तोड्दै विराटले टी-२० अन्तर्राष्ट्रिय खेलमा २४४१ रन बनाएका छन् । रोहित २४३४ रन बनाएर दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै विराटले टेस्ट र एकदिवसीय पछि टी-२० अन्तर्राष्ट्रिय खेलमा समेत ५० भन्दा बढीको औसतमा रन बनाउने पहिलो खेलाडी बनेका छन् । विराटको टी-२० मा ५०.५८ को औसत भएको छ भने टेस्टमा ६०.३१ र एकदिवसीय खेलमा ५३.१४ को औसतले रन बनाएका छन् ।

त्यस्तै विराटले भारतका रोहित शर्माको अर्को रेकर्ड समेत तोडेका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विराट धेरै पटक ५० भन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन् । यस अघि रोहितसँगै २१-२१ अर्धशतक बनाएका विराटले दक्षिण अफ्रीकाविरुद्धको खेल पछि २२ अर्धशतक सहित धेरै अर्धशतक बनाउने खेलाडी बनेका हुन् । रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलमा १७ अर्धशतक र ४ शतक बनाएका छन् । 

जारी दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा १-० ले अगाडी रहेको भारत अन्तिम खेल आइतबार खेल्दै छ । सिरिजको पहिलो खेल भने बर्षाले हुन सकेको थिएन ।      
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै