• २०८१ बैशाख १३ बिहीबार

टी-२० सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा

kharibot

काठमाडौँ । सिंगापुर र ओमानमा हुने त्रिकोणीय टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।

पारस खड्काको कप्तानीमा १५ सदस्यीय टिमको आज घोषणा गरिएको हो । टिममा शरद भेस्वाकर र बसन्त रेग्मीलाई आराम दिइएको छ भने उप कप्तान ज्ञानेन्द्र मल्ल यो सिरिज नखेल्ने यस अघि नै बताएका थिए ।

त्यस्तै टिममा हालै अन्डर १९ एशिया कप खेलेका कुशल मल्ल र अर्का युवा खेलाडी इशान पाण्डेले राष्ट्रिय टिममा डेभ्यु गरेका छन् ।

नेपाली टिममा : पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), रोहित पौडेल, आरिफ सेख, कुशल मल्ल, सन्दीप लामिछाने, इशान पाण्डे, बिनोद भण्डारी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, पवन सराफ, ललित राजबंशी, सुशान भारी र अबिनाश बोहोरा ।

नेपालले सिंगापुरमा आयोजना हुने सिंगापुर र जिम्बाबेसँगको त्रिकोणीय ती -२० सिरिजमा कुल ४ खेल खेल्ने छ । दुवै टिमसँग २-२ खेल खेलिने यस सिरिजको तालिका यस्तो छ ।

आश्विन १० गते (सेप्टेम्बर २७) : नेपाल भर्सेज जिम्बाबे
आश्विन ११ गते (सेप्टेम्बर २८) : सिंगापुर भर्सेज नेपाल 
आश्विन १२ गते ( सेप्टेम्बर २९) : सिंगापुर भर्सेज जिम्बाबे)
आश्विन १४ गते  (अक्टोबर १) : नेपाल भर्सेज जिम्बाबे 
आश्विन १५ गते (अक्टोबर २)  : सिंगापुर भर्सेज नेपाल     
 आश्विन १६ गते (अक्टोबर ३) : सिंगापुर भर्सेज जिम्बाबे 

त्यस्तै अक्टोबर ५ देखी १० सम्म ओमानमा पाँच राष्ट्रबीच टी-२० सिरिज खेल्ने छ । जसमा आयोजक ओमानसहित नेपाल, हङकङ, नेदरल्यान्ड र आयरल्यान्ड रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै