• २०८१ बैशाख ८ शनिबार

फर्स्ट क्लास क्रिकेटमा एबाटले तोडे ६३ बर्षको किर्तिमान 

kharibot

काठमाडौं । दक्षिण अफ्रिकी टिम भारत भ्रमणमा रहेका बेला दक्षिण अफ्रिकाकै पुर्व टेस्ट बलर काइल एबाटले फर्स्ट क्लास क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

काइलले ह्याम्पशायरबाट काउन्टी खेल्दै समरसेटविरुद्ध ८६ रन दिएर १७ विकेट लिएर काउन्टी च्याम्पियनसिपमा नयाँ रेकर्ड बनाएका हुन् । काउन्टीको ८० बर्षको इतिहासमा पहिलो पटक कुनै बलरले एक खेलमा १७ विकेट लिएको छ । त्यस्तै फर्स्ट क्लास क्रिकेटमा पछिल्लो ६३ बर्षकै यो सर्वश्रेष्ठ प्रदर्शन हो ।

फर्स्ट क्लास क्रिकेटमा अहिलेसम्म कै सर्वश्रेष्ठ बलिङको रेकर्ड भने इङल्याण्डका बलर स्पिनर जिम लाकेरको नाममा रहेको छ । उनले अस्ट्रेलियाविरुद्ध सन् १९५६ मा ९० रन दिएर १९ विकेट लिएका थिए ।

यस खेलमा काइलले ८६ रन दिएर १७ विकेट लिए भने एक क्याच समेत समातेका थिए । काइलले पहिलो पारीमा ९ विकेट लिएका थिए भने दोस्रो पारीमा ८ विकेट लिएका थिए । पहिलो पारीमा काइलले १८.४ ओभर बलिङ गर्दै ४० रन दिएर ९ विकेट लिए भने दोस्रो इनिंगमा १७.४ ओभर बलिङ गर्दै ४६ रन दिएर ८ विकेट लिए ।   

ह्याम्पशायरले पहिलो इनिंगमा १९६ रन बनायो भने दोस्रो इनिंगमा २२६ रन बनाएको थियो । त्यस्तै सोमरसेटले पहिलो इनिंगमा १४२ र दोस्रो इनिंगमा १४४ रन बनाएको थियो । 

यो खेल ह्याम्प शायरले १३६ रनले जितेको थियो ।
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै