• २०८१ बैशाख ६ बिहीबार

संविधान संशोधन नगरेर ठूलो गल्ती हुदै छ - डा. बाबुराम भट्टराई

kharibot

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेर ठूलो गल्ती गरिरहेको बताएका छन् ।

संघीय संसदको बजेट अधिवेशन समापनका क्रममा बिहीबार बोल्दै उनले यस्तो बताएका हुन् । 

डा.भट्टराईले भने,‘हामीले गल्ती गरिरहेका छौँ । हिमाल पहाड तराई सबैको स्वीकार्य भएन भने जतिसुकै गुणगाण र बखान गरे पनि अर्थ छैन । संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ ।’

उनले सबै नेपालीको भावना समेट्न संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानका दुर्बल पक्षलाई संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘संविधान ढुंगामा कुँदेको अक्षर होइन, हिमाल, पहाड, तराईका जनताको भावना समेट्न यसलाई संशोधन गरौँ, संविधान आधा भरी गिलास छ, आधा खाली गिलास छ। यसलाई पुरै भरी बनाउन संशोधनको विकल्प छैन ।’ ४ वर्षसम्म संविधान संशोधन गर्न नसकेकोमा चित्त दुखाउँदै भट्टराईले यो गल्तीलाई सुधार्नुपर्ने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै