• २०८१ बैशाख ५ बुधबार

टानका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

kharibot

फाइल तस्बीर । 

काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) को ४१औँ वार्षिक साधारणसभावाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् ।
टानका निर्वतमान अध्यक्ष नवराज दाहालले राजधानीमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदी नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन् । यही भदौ २० गते भएको टान निर्वाचनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको थियो । टानका प्रमुख निर्वाचन अधिकृत रमेशकुमार मैनालीले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराएका हुन् । 
अध्यक्ष सुवेदीले सम्पूर्ण पर्यटन व्यवसायीको भावना बमोजिम परिणाम देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । पदयात्रा क्षेत्रमा अनेक चुनौती र सम्भावना रहेको उल्लेख गर्दै उनले निर्वाचनका दौरानमा दुई समूहबीच प्रस्पिर्धा भएपनि व्यवसायीको साझा उद्देश्य भएकाले सबैको सल्लाह बमोजिम संस्थालाई अघि बढाउने उल्लेख गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको समग्र सुधारका लागि सरकार गम्भीरताका साथ लागि परेको बताए। पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिइएको र अन्य पर्यटकीय गन्तव्यसम्म पुग्ने कनेक्टिभिटी पनि चुस्त रुपमा अघि बढेको सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त अवसर सिर्जना भएको भन्दै यसमा निजी क्षेत्रको सक्रियता चाहिने उल्लेख गरे। उनले आवश्यक ऐन कानूनका साथै सबैखाले समस्या अब चाँडै समाधान हुने बताउँदै मन्त्रालय र टानबीच आपसी साझेदारिताकासाथ अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै