• २०८१ बैशाख १४ शुक्रबार

श्रीलंकाका स्पिनरमाथि आइसीसीको एक बर्षको प्रतिबन्ध

kharibot

काठमाडौँ । आइसीसीले श्रीलंकाका स्पिनर अकिला धनन्जयलाई एक बर्षका लागि प्रतिबन्ध लगाएको छ ।

केहि साता अघि न्युजील्याण्डविरुद्धको सिरिजका क्रममा धनन्जयको बलिङ एक्सन शंकास्पद रहेको पाइएको थियो । यसकै कारणले धनन्जयले दोस्रो टेस्ट खेल्न पाएका थिएनन् ।

आइसीसीले सोहि प्रकरणको फैसला गर्दै उनलाई एक बर्षको प्रतिबन्ध लगाएको हो ।

धनन्जयलाई यस अघि २०१८ को डिसेम्बरमा समेत प्रतिबन्ध लगाइएको थियो । उनले आफ्नो बलिङ एक्सनमा काम गरेपछि २०१९ को फेब्रुअरीमा उनलाई खेल्ने मौका दिइएको थियो ।

आइसीसीले एक बर्षको प्रतिबन्ध सकिएपछि आफ्नो बलिङ एक्सन बारे अपिल गर्न र फेरी एक्सन जाँच गर्न अपिल गर्न सक्ने जनाएको छ ।

आइसीसीले आफ्नो नियम अनुसार कुनै पनि खेलाडी दुई बर्ष भित्र दुई पटक खराब एक्सनका कारण प्रतिबन्धमा पर्यो भने अन्तर्राष्ट्रिय क्रिकेटबाट एक बर्षका लागि प्रतिबन्धमा पर्ने नियम अनुसार नै धनन्जयलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

यसै प्रतिबन्धका कारण अब धनन्जयले २०२० मा हुने टी-२० विश्वकप समेत गुमाउने भएका छन् ।

२५ बर्षिय धनन्जयले श्रीलंकाका लागि ३६ एकदिवसीय खेल खेल्दै ५१ विकेट लिएका छन् भने २२ टी-२० खेल्दै २२ विकेट लिएका छन् ।

त्यस्तै ६ टेस्टमा ३३ विकेट लिएका छन् ।
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै