• २०८१ बैशाख १२ बुधबार

एससीटीमा नयाँ व्यवस्थापन, युनियन पेको सहकार्यमा नयाँ कार्ड सार्वजनिक

kharibot

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजी लिमिटेड(एससीटी)को व्यवस्थापन प्रभु समुह, आइएमई र हिमालयन बैंकले लिएपछि नयाँ कार्ड सार्वजनिक गरेको छ ।

पुरानो व्यवस्थापन समस्यामा परेपछि एससीटीको स्थान भिसा कार्डले लिएकोमा अहिले नयाँ व्यवस्थापनले कम्पनी लिएपछि एससीटीले ‘कन्ट्याक्ट-लेस डेबिड’ र ‘प्रिपेड कार्ड’ सार्वजनिक गरेको छ ।

एससीटीले चीनको युनियन पे इन्टरनेशनसँगको सहकार्यमा कार्ड ल्याएको हो । यी कार्डहरु विदेशमा समेत चल्ने बताइएको छ ।

कार्डको सार्वजनिकरण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले प्रविधिको विकाससँगै व्यवसायमा सहजता ल्याउने बताउदै प्रविधिको विकाससँगै प्रविधिजन्य जोखिमहरु बढेको भन्दै यसलाई न्यूनिकरण  गर्नुपर्ने बताए ।

त्यस्तै एससीटीका अध्यक्ष तथा प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनले एससीटी नेपाली कार्ड भएको भन्दै यसलाई सबैले माया गर्ने विस्वास व्यक्त गरे । कम्पनीले केही समयभित्रमा क्रेडिट कार्डसहित अन्य विभिन्न प्रकारका कार्ड जारी गर्ने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै