• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर : नेप्से ११ सय ५५ अंकमा, एक अर्ब ८९ करोड २७ लाखको कारोबार 

kharibot

काठमाडौ । यो साता सेयर कारोवार रकम गत साताको तुलनामा बढेको छ ।

यो साता एक सय ७२ कम्पनीहरुको ३७ हजार तीन सय २७ वटा कारोवारमा ६५ लाख ८७ हजार २द्द कित्ता सेयर खरिद बिक्री भएकाछन ।

सोही आधारमा यो साता एक अर्ब ८९ करोड २७ लाख ४० हजार दुई सय ७७ रुपैयाँको सेयर कारोवार भएको छ । गत साता भने नेप्सेमा एक सय ७१ कम्पनीहरुको ३२ हजार एक सय ३१ वटा कारोवार भएका थिए ।

जसअन्तर्गत ६६ लाख ५५ हजार एक सय ६६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ५६ करोड चार लाख सात सय ६३ रुपैयाँ पुगेको थियो । 

यो साता नेप्से ११ सय ५५ दसमलव ३० अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि यो साता दुई सय ५२ दसमलव २१ अंकमा सिमित हुन पुगेको छ ।

यो साता पनि नेप्सेको नियमित कारोवार कक्ष साताको पाँचै दिन खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र पाँचौं दिन नेप्से घटेको थियो भने तेस्रो र चौथो दिन नेप्से बढेको थियो ।  

पहिलो दिन नेप्से १७ दसमलव ८७ अंकले घटेर ११ सय ४० दसमलव एक अंकमा सिमित रहंदा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ७९ अंकले घटेर दुई सय ५० दसमलव एक अंकमा सिमित रहेको थियो ।

दोस्रो दिन नेप्से १६ दसमलव १८ अंकले घटेर ११ सय २३ दसमलव ८३ अंकमा सिमित रहंदा सेन्सिटिभ तीन दसमलव ६६ अंकले घटेर दुई सय ४६ दसमलव ३५ अंकमा पुगेको थियो  । तेस्रो दिन भने नेप्से २६ दसमलव ९१ अंकले बढेर ११ सय ५० दसमलव ७४ अंकमा चढ्दा सेन्सिटिभ पनि पाँच दसमलव २२ अंकले बढेर दुई सय ५१ दसमलव ५७ अंकमा चढेको थियो ।

यसैगरी चौथो दिन पनि नेप्से २२ दसमलव ६८ अंकले बढेर ११ सय ७३ दसमलव ४२ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव १३ अंकले बढेर दुई सय ५५ दसमलव ७० अंकमा चढेको थियो । अन्तिम दिन भने नेप्से १८ दसमलव १२ अंकले ओरालो लागेर ११ सय ५५ दसमलव ३० अंकमा झर्दा सेन्सिटिभ पनि तीन दसमलव ४९ अंकले ओरालो लागेर दुई सय ५२ दसमलव २१ अंकमा झरेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट, प्रभु बैंक, सिद्धार्थ बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा भने माछापुछ्रे बैंक, प्रभु बैक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, आदि परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो सातापनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्टान्र्डड चार्टड बैंक आदि परेकाछन । यो साता तिनाउ मिसन डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको सेयर सुचीकृत भएकाछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै