• २०८१ बैशाख १२ बुधबार

के गर्दैछन् बलिवुडका चर्चित भिलेनका छोरा ?

kharibot

मुम्बई । बलिवुडमा एक समय हिरो, हिरोइन भन्दा भिलेनका कारण फिल्म सुपरहिट हुने समय थियो ।

शोलेमा अमजद खान, खुन भरि मागमा कबीर बेदी, मिस्टर इंडिया देखि अन्य कैयौ फिल्ममा भिलेन बनेका अमरिश पुरीजस्ता फिल्ममा भिलेनको अभिनय गर्ने अभिनेताहरुका कारण फिल्म हित हुने जमाना थियो । अहिले भने फिल्म कथावस्तु, प्रस्तुति र फिल्मको प्रचार शैली बढी हावी हुने र चल्ने देखिएको छ ।

यस रिपोर्टमा बलिवुडका केहि भिलेनमा अभिनय गर्ने चर्चित भिलेनका छोरा अहिले के गर्दै छन् भन्ने जानकारी दिदै छौ ।

फिल्म शोलेमा गब्बरको भूमिका निभाएका अमजद खान असली जीवनमा पनि गब्बरका नामले चर्चित भए । आफ्ना पिताले जस्तै उनका छोरा शदाब खानले बलिवुडमा क्यारियर बनाउने प्रयास गरे ।उनले फिल्म राजकी आएगी बारातबाट डेभ्यु समेत गरे । तर त्यसपछि उनको क्यारियर खासै जम्न सकेन ।

बलिवुडमा फिल्म खुन भरि मांगबाट चर्चित भिलेनको रुपमा चर्चामा आएका कबीर बेदीका छोरा अदम बेदी मोडलिङमा रहे पनि उनी गुमनाम जस्तै छन् ।

कुनै समयका चर्चित स्टन्टम्यान तथा भिलेनको अभिनय गर्ने एमबी शेट्टी  अहिलेका नंम्बर एक निर्देशक निर्माता रोहित शेट्टीका पिता हुन् । रोहितले पिताको पदचाप पछ्याउदै अभिनय नगरेपनि उनी फाइट निर्देशक \को रुपमा काम गरे पनि पछि संघम सिरिज, गोलमाल सिरिज जस्ता फिल्म निर्माण गरेर बलिवुडका सफल निर्देशक/निर्माता बनेका छन् ।

अमरिश पुरीको नाम बलिवुडका अत्यन्त सफल भिलेन अभिनेताको रुपमा लिइन्छ । उनका छोरा राजीव पुरीले भने फिल्ममा कुनै चासो देखाएनन् ।उनी मेरिन नेविगेटरको रुपमा काम गर्छन् ।

फिल्म शोले, सत्ते पे सत्ता, कर्ज जस्ता फिल्ममा अभिनय गर्ने म्याक मोहनलाई शोलेमा शाम्भाको भूमिकाबाट निकै चर्चित भएका थिए । उनका छोरा विक्रान्त मेकिजन पनि बलिवुडमै काम गरिरहेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै