• २०८१ बैशाख १४ शुक्रबार

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह

kharibot

फाइल तस्वीर

बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएक छन् । उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताएक हुन् । संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने भएकाले राज्य बलियो बनाउने अभियानमा सामेल हुन सबैमा आग्रह गरेका हुन् ।

उनले संविधानमा सबैका आकाङ्क्षालाई समेट्न नसकिए पनि मौलिक दृष्टिकोण र जनअधिकार सम्पन्नताका हिसाबले संविधानसभाबाट निर्माण भएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधानसभाबाट संविधान जारी भएपछि विकास र समृद्धिको साझा सङ्कल्पसहित मुलुक तीव्र विकासको गतिबाट अगाडि बढेको बताए । उनले त्यसको उदाहरण मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिबाट नै स्पष्ट नतिजा देखापरेको छ बताए ।

उनले दोहोरो अङ्कको विकास लक्ष्य हासिल गर्ने कार्यमा प्रदेश नं ५ लाई अग्रस्थानमा पु¥याउने दृढताका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै बजेट कार्यान्वयन, कानून निर्माण, आर्थिक वृद्धिदर कायम गर्ने, राजश्व सङ्कलनलगायतमा समेत प्रदेश अग्रस्थानमा रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै