• २०८१ बैशाख ८ शनिबार

विश्वकप र एशेजको प्रदर्शनपछि आर्चरले पाए इङल्याण्डको सेन्ट्रल कन्ट्रयाक

kharibot

काठमाडौँ । इङल्याण्ड क्रिकेट बोर्डले एक बर्षका लागि टेस्ट, एकदिवसीय र ती -२० क्रिकेट टिमका २२ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्ट दिएको घोषणा गरेको छ ।

शुक्रबार गरिएको घोषणामा टेस्ट खेल्ने १० खेलाडी तथा एकदिवसीय र टी-२० खेलका लागि १२ खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक गरेको हो ।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर इङल्याण्डलाई विश्वकप जिताएका र हालै सम्पन्न एशेज सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका जोफ्रा आर्चरले पनि इङल्याण्डको टेस्ट खेलका लागि सेन्ट्रल कन्ट्रयाक पाएका छन् ।

हालै सम्पन्न एशेज सिरिजमा ४ खेल खेल्दै २०.२७ को औसतले २२ विकेट लिएका आर्चरले इङल्याण्डलाई सिरिज बराबरी गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

साथ उनले विश्वकपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप जिताउन भूमिका खेलेका थिए ।

टेस्ट कन्ट्रयाक पाउनेमा जेम्स एण्डरसन, जोफ्रा आर्चर, जोनी बैरस्ट्रव, स्टुअर्ट बोर्ड, रोरी बर्न्स, जोस बटलर, साम कुरान, जोय रुट, बेन स्टोक्स र क्रिस वोक्स रहेका छन् ।
त्यस्तै एकदिवसीय र टी-२० का लागि मोइन अली, जोफ्रा आर्चर, जोनी बैरस्ट्रव, जोस बटलर, जोय डेनली, इयान मोर्गन, अदिल राशिद, जोय रुट, जासन रोय, बेन स्टोक्स, क्रिस वोक्स, मार्क वुड रहेका छन् ।

त्यस्तै दुई खेलाडी टम कुरान र ज्याक लीचलाई गत बर्षको प्रदर्शनको आधारमा इन्क्रिमेंटलमा राखेको छ ।

इङल्याण्ड क्रिकेटको सेन्ट्रल कन्ट्रयाकको टेस्ट कन्ट्रयाकमा खेलाडीले बार्षिक ६ लाख ५० हजार पाउँद पाउने गर्दछन भने एकदिवसीय तथा टी-२० कन्ट्रयाकमा २ लाख ७५ हजार पाउण्ड पाउने छन् ।

बोर्डका अनुसार यो कन्ट्रयाक्ट अक्टोबर १, २०१९ देखि एक बर्षका लागि लागु हुने बताएको छ ।
                                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै