खाना पकाउने ग्यास र हवाई इन्धनको मुल्य घट्यो 

खरीबोट

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य घटाएको छ ।

निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएको हो ।

निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी खरीबोटलाई दिए । उनका अनुसार अब काठमाडौं उपत्यकामा ग्यास प्रतिसिलिण्डर १३५० रुपैयाँ पर्ने छ ।

त्यस्तै निगमले बाह्य हवाई उडान (अन्तर्राष्ट्रिय उडान) तर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ । अब अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धन प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ ।

छिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताउनुभएको थियो । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।  
 

सम्बन्धित समाचार

तिहार बिदामा पनि आयल निगमको डिपो खुल्ला रहने

काठमाडौँ । नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमले जनाएको छ । निगमका प्रवक्ता

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल-डिजलको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ । निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो । अब उपभोक्ताले ग्यास १३

आयल निगमको सेवा विस्तार, आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्न सकिने 

जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडद्धारा शुक्रबारदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप


z