• २०८१ बैशाख ८ शनिबार

खाना पकाउने ग्यास र हवाई इन्धनको मुल्य घट्यो 

kharibot

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य घटाएको छ ।

निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएको हो ।

निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी खरीबोटलाई दिए । उनका अनुसार अब काठमाडौं उपत्यकामा ग्यास प्रतिसिलिण्डर १३५० रुपैयाँ पर्ने छ ।

त्यस्तै निगमले बाह्य हवाई उडान (अन्तर्राष्ट्रिय उडान) तर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ । अब अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धन प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ ।

छिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताउनुभएको थियो । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै