• २०८१ बैशाख १३ बिहीबार

स्वास्थ्य मन्त्रालयको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै

kharibot

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई  पत्राचार गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसहित महाशाखा तथा केन्द्र, स्वास्थ्य प्रतिष्ठान, सङ्घीय अस्पताल तथा कार्यालयलाई पत्राचार गरेको हो । 

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाको पनि संरचना तथा दरबन्दी पुनरावलोकन हुन लागेको जानकारी  दिए । मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सहसचिव श्रेष्ठको संयोजकत्वमा नै पुनरावलोकन कार्यलयसमेत गठन गरेको छ । 

सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात सङ्घीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहत निकायहरुको कार्यक्षेत्र,  कार्यबोझ र कार्यपद्धतिका आधारमा सङ्गठन तथा दरबन्दी  नयाँ व्यवस्था गर्न लागेको छ ।

प्रवक्ता श्रेष्ठले कार्यदलले विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल, तालीम केन्द्र प्रमुखको संयोजकत्वमा सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकन समिति गठन गरी मन्त्रालयमा सात दिनभित्र सुझाव पठाउन पत्र पठाएको जानकारी दिए । 

स्वास्थ्य सेवातर्फको कर्मचारी समायोजन प्रक्रिया अझै टुङ्गिएको छैन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै