• २०८१ बैशाख ७ शुक्रबार

त्रिकोणीय टी-२० सिरिजमा जिम्बाबेसँग हार्यो अफगानिस्तान

kharibot

काठमाडौँ । बंगलादेशमा जारी त्रिकोणीय टी-२० सिरिज अन्तर्गत जिम्बाबेले अफगानिस्तानमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा जिम्बाबेले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १५६ रनको लक्ष्य पछाएको जिम्बाबेले १९.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

जिम्बाबेका लागि आफ्नो अन्तिम खेल खेलेका कप्तान हमिल्टन मसाकाडजाले ४२ बलमा ७१ रन बनाए भने रेगिस चकाबभाले ३९ रन बनाए ।त्यति सिन विलियन्सले २१ रन बनाए भने ब्रेण्डन टेलरले १९ रन बनाए ।

अफगानिस्तानका मुजीब उर रहमानले २ विकेट लिए भने दवलत जर्दानले एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले ४७ बलमा ६१ रन बनाए भने हज्तुल्लाह जजईले ३१ रन बनाए । त्यस्तै शाफिकुल्लाहले १६, गुल्बदीन नैबले १० तथा फजल नियाजैले १२ रन बनयेआ थिए ।

त्यस्तै जिम्बाबेका बलर क्रिस एम्पोफुले ४ विकेट लिएका थिए भने टिनोटेण्डा मुटोमबोडजीले २ विकेट लिए ।

त्रिकोणीय सिरिजमा जिम्बाबेको यो चौथो खेलमा पहिलो जित हो भने अफगानिस्तानको तेस्रो खेलमा पहिलो हार हो ।

सिरिज अन्तर्गत अर्को खेल आज बंगलादेश र अफगानिस्तानबीच हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै