• २०८१ बैशाख ८ शनिबार

देओल परिवारको तेस्रो जेनेरेशनको बलिवुड डेभ्यु

kharibot

मुम्बई । बलिवुडमा हरेक बर्ष जसो सेलिब्रेटिका छोरा छोरीले आफ्ना माता पिताको पदचाप पछ्याउदै डेभ्यु गर्ने गर्दछन । जसमा सबै सफल हुदैनन् । यसैक्रममा पछिल्लो पटक बलिवुडमा देओल परिवारका परिवार तेस्रो जेनेरेशनका करण देओलले बलिवुडमा डेभ्यु गरेका छन् ।

धर्मेन्द्र र सन्नी देओलपछि बलिवुडमा आउने करण तेस्रो जेनेरेशनका सदस्य हुन् । करणले पिता सन्नी देओलकै निर्देशनमा बनेको होम प्रोडक्सनको फिल्म पल पल दिलके पास’ बाट बलिवुडमा डेभ्यु गरेका छन् । फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

बलिवुडमा धर्मेन्द्रको लिगेसीलाई सन्नी देओल, बबी देओलले अगाडी बढाएका थिए भने अब त्यो जिम्मेवारी करण देओलको काधमा आएको छ ।

शुक्रबारबाट रिलिज भएको करण देओलको फिल्मको रिभ्यु भने फिल्म विश्लेषकले राम्रो गरेका छैनन् । फिल्ममा नयाँपन नभएको, पुरानै ढर्रा प्रेम कहानीमा फिल्म बनाइएको र करणको अभिनय समेत त्यति राम्रो नभएको उनीहरुले बताएका छन् ।

यसै फिल्मबाट डेभ्यु गरेकी सहर बाम्बाको अभिनयलाई भने राम्रो भनिएको छ । साथै सन्नी देओलको निर्देशन पनि राम्रो नभएको बताइएको छ । दर्शकले सन्नी देओलको डेभ्यु फिल्म बेताबसँग तुलना गर्ने र त्यस फिल्मको तुलनामा यो फिल्म कतै नभएको फिल्म विश्लेषकको भनाइ छ ।

फिल्मको ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै