• २०८१ बैशाख ८ शनिबार

सिपिएलमा बार्बाडोसको अर्को जित, सन्दीपको उत्कृष्ट बलिङ  

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टसले सेन्ट लुसिया जोउक्सलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा बार्बाडोसले सेन्ट लुसियालाई ७१ रनले पराजित गरेको हो ।

बार्बाडोसले दिएको १७३ रनको लक्ष्य पछाएको सेन्ट लुसियाले १४.५ ओभरमा १०१ रन बनाउदै ९ विकेट गुमाएको थियो । अन्तिम विकेटको रुपमा आउनु पर्ने ओबेड म्याककोय घाइते भएका कारण ब्याटिंग गर्न नसकेपछि बार्बाडोसले खेल ७१ रनले जितेको थियो । 

सेन्ट लुसियाका लागि कोलिन डि होमग्रामले सर्वाधिक २८ रन बनाए भने हार्डस भिजोएन र एन्द्रे फ्लेचरले १४-१४ रन बनाएका थिए ।

बार्बाडोसका बलर जेसन होल्डर र जोसुआ विसोपले २-२ विकेट लिएका थिए भने सन्दीप लामिछाने रेमन रेईफर र जोश लालोरले एक एक विकेट लिएका थिए ।

सन्दीपले ३.५ ओभर बलिङ गर्दै २९ रन दिए एक विकेट लिएका थिए । सन्दीपको एक ओभरमा एक खेलाडी रनआउट समेत भएका थिए । सुरुका तीन ओभरमा अनुशाशित बलिङ गरेका सन्दीपले अन्तिम ओभरको ५ बलमा १६ रन दिएर एक विकेट लिएका थिए । पहिलो ३ ओभरमा सन्दीपले केबल १३ रन दिएका थिए । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १७२ रन बनाएको थियो । बार्बाडोसका लागि जस्टिन ग्रिब्सले सर्वाधिक ५७ रन बनाएका थिए भने जोनाथन कार्टरले ३०, जोनसन चार्लेजले २८, जेपी डुमिनीले १८ तथा एशले नर्सले १५ रन बनाएका थिए ।

यो जितसँगै बर्बाडोसले ४ खेलमा दोस्रो जित हासिल गरेको छ । बार्बाडोसको ४ खेलमा ४ अंक भएको छ भने अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै सेन्ट लुसियाको भने ५ खेलमा यो चौथो हार हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै