चितवन । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।
भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।
गुरूङ क्यान्सर रोगबाट पीडित हुनुहन्थ्यो । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी भएका थिए । उनका एक श्रीमती र तीन छोरा छन् ।
दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिए ।