• २०८१ बैशाख १३ बिहीबार

बार्सिलोना ग्राण्डासँग पराजित, ला लिगामा २५ बर्षकै खराब प्रदर्शन

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना ग्राण्डासँग २-० गोल अन्तरले पराजित भएको हो ।

ग्राण्डाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई पराजित गर्नेक्रममा खेलको दोस्रो मिनेटमा नै रोमन अजीजले पहिलो गोल गरेका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको ग्राण्डाले दोस्रो हाफको ६६औ मिनेटमा पाएको पेनाल्टीलाई अल्भारो भाड़ील्लोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितसँगै ग्राण्डा ५ खेलमा १० अंक बटुल्दै अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । बार्सिलोना भने ५ खेलमा ७ अंक बटुल्दै सातौ स्थानमा रहेको छ । बार्सिलोनाको पछिल्लो २५ बर्षको ला लिगाको इतिहासमा यो सबै भन्दा खराब शुरुवात हो ।

मेसी पूर्णरुपमा फिट नहुनु नै बार्सिलोनाका लागि समस्या बनेको देखिएको छ । दोस्रो हाफमा मैदान छिरेका मेसी र युवा खेलाडी अन्सु फातीले राम्रो प्रयास गरेपनि बार्सिलोना खेलमा फर्किन सकेन ।

पछिल्लो च्याम्पियन्स लिगको खेलमा समेत गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाको यो हार ला लिगा च्याम्पियनलाई महँगो पर्ने देखिएको छ ।

अगाडी उसमान डेम्बेलेको अनुपस्थिति, एन्टोनी ग्रीजम्यानको असफलता र डिफेन्समा साम्युअल उमटीटीको इन्जुरीले बार्सिलोनाको पुरै सेटअप नै बिग्रेको देखिएको छ ।

अब बार्सिलोनाले अर्को खेल आगामी बुधबार घरेलु मैदानमा भिल्लारियलसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै