• २०८१ बैशाख १३ बिहीबार

अफगानिस्तानमाथि बंगलादेशको जित, शकिबको उत्कृष्ट प्रदर्शन

kharibot

काठमाडौँ । त्रिकोणीय टी-२० सिरिजमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १३९ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बंगलादेशका लागि कप्तान शकिब अल हसनले सर्वाधिक अविजित ७० रन बनाएका थिए । त्यस्तै मुशफिकुर रहिमले २६ र मोसाडेक होसैनले अविजित १९ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर राशिद खान र नवीन उल हकले २-२ विकेट लिएका थिए भने मुजीब उर रहमान र करिम जनतले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १३८ रन बनाएको थियो । अफगानिस्तानका लागि हजर्तुल्लाह जजईले सर्वाधिक ४७ रन

बनाए भने रह्मनुल्लाह गुरबाजले २९९ रन बनाए । त्यसति शाफिकुल्लाहले २३, नाजिबुल्लाह जर्दानले १४ र राशिद खानले ११ रन बनाएका थिए ।

बंगलादेशका बलर अफिफ होसैनले २ विकेट लिए भने मुहमद सैफुद्दीन, शफीउल इस्लाम, शकिब अल हसन र मुस्ताफिकुर रहमानले १-१ विकेट लिए ।

त्रिकोणीय सिरिजमा तिनै टिमले ४-४ खेल खेल्दा बंगलादेशले ३ जित र एक हारसहित ६ अंक र अफगानिस्त ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेर फाइनलमा पुगेका छन् ।

त्यस्तै जिम्बाबे ४ खेलमा एक जित र ३ हारसहित बाहिरिएको छ ।

अब फाइनल खेल बंगलादेश र अफगानिस्तानबीच मंगलबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै