• २०८१ बैशाख ८ शनिबार

यू-१८ साफ च्याम्पियन्सिपमा भुटानसँग नेपालको लज्जास्पद हार 

kharibot

काठमाडौं । नेपाललाई पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा पवेश गरेको छ ।

आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हो ।

खेलको ३७औं मिनेटमा यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा थप दुई गोल खादै नेपाल पराजित भएको हो ।

खेलको ८६औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमा गोल गर्दै भुटानलाई २-० ले अघि बढाए भने ९० औ मिनेटमा कर्मा सोनामको बकस बाहिरबाट गोल गर्दै भुटानलाई ३-० को जित दिलाए ।

योसँगै नेपालको सेमिफाइनलको संभावना झिनो बाँकी रहेको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढिको अन्तरले पराजित गरेमा मात्र नेपाल सेमिफाइनलमा पुग्ने छ ।

नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरीमा रोकिएको थियो ।

६ देशले भाग लिएको यस प्रतियोगितामा समुह ए मा नेपालसहित भुटान र माल्दिभ्स छन् भने समुह बि मा भारत बंगलादेश र श्रीलंका रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै