• २०८१ बैशाख ७ शुक्रबार

नेपाल एसबिआई बैंकद्धारा १५ प्रतिसत बोनस घोषणा

kharibot

काठमाडौं । नेपाल एसबिआई बैंकले १५ दसमलव ४२ प्रतिसत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ ।

बैंकको यही कात्र्तिक १० गते बसेको चार सय १२ औं सञ्चालक समितीको बैठकले कर प्रयोजनको लागि शुन्य दसमलव ८१ प्रतिसत नगद लाभांस समेत बितरण गर्ने प्रस्ताव गरेको छ । 

लाभांस बितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

हाल ७९ वटा व्यवसायीक ईकाई र एक वटा एटिएम काउन्टर मार्फत बित्तीय कारोवार सञ्चालन गर्दे आएको बैकले आर्थिक बर्ष २०७३—०७४ मा एक अर्ब ५३ करोड ९३ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ३३ करोड १८ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै