• २०८१ बैशाख १३ बिहीबार

मेसीले कसरी सोच्छन् मलाई थाहा छ, बार्सिलोनाको कोच बन्न सक्छु - जाभी

kharibot

काठमाडौँ । बार्सिलोनाको ला लिगामा यस सिजनमा खराब सुरुवातपछि अब कोच इर्नेस्टो भालभेर्डोको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

गत सिजनमा ला लिगाको उपाधि जितेपनि च्याम्पियन्स लिगमा लिभरपुलसँग लज्जास्पद हार बेहोरेको बार्सिलोनाले यस सिजनमा पनि राम्रो सुरुवात गर्न सकेको छैन ।

च्याम्पियन्स लिगक ओपहिलो खेलमा डोर्टमण्डसँग बराबरीमा रोकिनु र ला लिगामा ग्राण्डासँग पराजित हुनुले कोच भालभेर्डोमाथि दबाब बढेको हो ।

अहिले कोच भालभेर्डोलाई हाइप्रोफाइल कोचको पद छोड्ने दबाब बढेसँगै बार्सिलोनाका लिजेण्ड खेलाडीले बार्सिलोनाको कोचका लागि आफ्नो इच्छा व्यक्त गरेका छन् ।

३९ बर्षिय मिडफिल्डर जाभीले अहिले कतारको क्लब अल सादलाई कोचिंग गरिरहेका छन् । उनको क्लबले यस सिजनका तिनै खेल जितेको छ, जसमा १३ गोल समेत गरेको छ । साथै अल साद एशियन च्याम्पियन्स लिगको सेमिफाइनलमा समेत पुगेको छ ।

जाभीले एक अन्तर्वार्तामा बार्सिलोनाको कोचको रुपमा आफुले आफुलाई नहेरेको बताएपनि मिडियामा जाभीलाई बार्सिलोनाको कोचको रुपमा हेर्न शुरु गरिएको छ ।

काटालानको एक पत्रिकासँग कुरा गर्दै जाभीले अहिले आफुले कतारमा राम्रो गरिरहेको र बार्सिलोनासँग फेरी जोडिने यो माध्यम हुन्छ भन्ने आफुलाई अहिले नलागेको बताए ।

उनले आफ्ना पुर्व सहकर्मीलाई कोचिंग गर्न आफुलाई कुनै समस्या नभएको बताउदै आफुलाई लिओनेल मेसी, लुइस स्वरेज, जेरार्ड पिकेजस्ता सिनियर खेलाडीले कसरी सोच्छन् भन्ने थाहा भएको बताए ।

मलाई उनीहरुले कसरी ट्रेन गर्छन्, उनीहरुको लिडरसिप क्षमता कस्तो छ भन्ने थाहा छ र कोचको रुपमा अहिलेका बार्सिलोनाका कम्तिमा १० खेलाडीलाई आफुले राम्रोसँग चिनेको बताए ।

उनले अहिले बार्सिलोनाको मिडफिल्डमा समस्या भएको समेत बताए । अहिले कुनै पनि मिडफिल्डका खेलाडीले डिफेन्सलाई सहयोग नगरेको बताउदै यसका लागि मिडफिल्डका खेलाडीलाई कन्भिन्स गर्नुपर्ने बताए ।

जाभीले मेसीको बारेमा बताउदै भने, 'यदि मेसीलाई कन्भिन्स गर्ने हो भने उनी डिफेन्सलाई सहयोग गर्ने राम्रो खेलाडी हुन् । उनीसँग फिजिकल र मेन्टल स्पीड छ । उ अरुभन्दा दोब्बर दौडिन सक्छ ।'

जाभीले कोच महत्वपूर्ण भएपनि खेलाडी नभएसम्म कोचले केहि गर्न नसक्ने बताए ।

बार्सिलोनाले ला लिगाको इतिहासमा २५ बर्षकै खराब सुरुवात गर्दै अहिलेसम्म ५ खेलमा २ जित एक बराबरी र २ हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै