नेइमारको अर्को निर्णायक गोलमा पिएसजीको जित 

खरीबोट

काठमाडौँ । फ्रेन्च लिग वान अन्तगर्त पिएसजी विजयी भएको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ब्राजिलियन स्टार नेइमारले खेलको एक मात्र गोल गरेका हुन् । नेइमारले खेलको ८७औ मिनेटमा गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन् ।

नेइमारले यस अघि स्ट्रासबर्गविरुद्ध पनि निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका थिए भने लगातार दोस्रो पटक पिएसजीको जितमा निर्णायक गोल गरेका छन् ।

क्लब छोड्ने विवादमा फसेका कारण सुरुका खेल गुमाएका नेइमारले अन्तत: पिएसजीबाटै खेल्नु पर्ने अवस्था आएपछि अघिल्लो साताबाट पिएसजीका लागि खेल्न शुरु गरेका थिए ।

पिएसजी अहिले आफ्ना प्रमुख खेलाडी किलीयन एम्बाप्पे, एडिसन कभानी र माउरो इकार्डी पूर्णरुपमा फिट नहुदा समस्यामा रहेको छ । यद्यपी प्रमुख खेलाडी बिना पनि गत साता च्याम्पियन्स लिगमा रियल म्याड्रिड विरुद्ध र लिग वानका खेलमा जित हासिल गरिरहेको छ ।

यो जितसँगै पिएसजी ६ खेलमा १५ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एंगर एससीओ र नीस १२-१२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । लियोन भने ६ खेलमा केवल ८ अंक बटुलेर नवौ स्थानमा रहेको छ ।           

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि सहज जित हासिल गरेको छ । समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले क्लब ब्रुगेलाई ५-० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा

निसमाथि पिएसजीको सहज जित, दुई खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले निसमाथि जित हासिल गरेको छ । दुई खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा सिमित भएको निसमाथि पिएसजीले ४-१ को जित हासिल गरेको हो । पिएसजीको

एम्बाप्पे र कभानी पिएसजी टिममा फर्किए, नेइमार अझै घाइते  

काठमाडौँ । किलीयन एम्बाप्पे र एडिसन कभानी फ्रेन्च क्लब पिएसजीको टिममा फर्किएका छन् । आज राति हुने फ्रेन्च लिग अन्तर्गतको निसविरुद्धको खेलमा एम्बाप्पे र कभानी टिममा फर्किएका हुन् । पिएसजीका लागि ब्राजिलियन

एम्बाप्पेले फ्रान्सको युरो छनौटका दुई गोल खेल गुमाए

काठमाडौं । किलीयन एम्बाप्पेले यसै साता हुने फ्रान्सको युरो छनौटका दुई खेल गुमाउने भएका छन् । एम्बाप्पेले इन्जुरीका कारण राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् । एम्बाप्पेले युरो २०२० को छनौट


z