• २०८१ बैशाख ७ शुक्रबार

भारतलाई पराजित गर्दै दक्षिण अफ्रीकाले गर्यो सिरिज बराबरी

kharibot

काठमाडौँ । दक्षिण अफ्रीकाले भारतविरुद्धको टी-२० सिरिज बराबरी गरेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा ९ विकेटको जित हासिल गर्दै दक्षिण अफ्रीकाले सिरिज बराबरी गरेको हो ।

भारतले दिएको १४० रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १६.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रीकाको जितमा कप्तान क्वेनटन डिककले अविजित ७९ रनको पारी खेलेका थिए । डिककले ५२ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै अविजित ७९ रन बनाएका थिए ।

त्यस्तै रीजा हेन्डरिक्सले २८ र टेम्बा बभुमाले अविजित २७ रन बनाएका थिए ।

भारतका हार्दिक पाण्डेयले एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले सर्वाधिक ३६ रन बनाए भने ऋषव पन्त र रविन्द्र जडेजाले १९-१९ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले १४ रन बनाए । भारतका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन् । भारतका रोहित शर्मा र कप्तान विराट कोहली ९-९ रनमा, श्रेयस अय्यर ५ , क्रुनाल पाण्डेय र वाशिंगटन सुन्दर ४-४ रनमा आउट भएका थिए ।

दक्षिण अफ्रीकाका बलर कागीसो रबाडाले सर्वाधिक ३ विकेट लिए भने बेउरन हेन्डरिक्स तथा बिजोर्न फोरटुइनले २-२ विकेट लिए । त्यस्तै तबरेज शाम्सीले एक विकेट लिए ।

यो जितसँगै ३ खेलको सिरीज १-१ ले बराबरी भएको छ । पहिलो खेल बर्षाका कारण हुन सकेको थिएन भने दोस्रो खेल भारतले जितेको थियो ।

यस खेलको प्लेयर अफ द म्याच दक्षिण अफ्रीकाका बलर बेउरन हेन्डरिक्स बनेका छन् भने प्लेयर अफ द सिरिज दक्षिण अफ्रीकाका कप्तान क्वेनटन डिकक बनेका छन् ।

दक्षिण अफ्रिकाले अब भारतविरुद्ध ३ टेस्ट र ३ एकदिवसीय सिरिज खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै