• २०८१ बैशाख ६ बिहीबार

बेन्जमाको निर्णायक गोलमा रियल म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभिलामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियलले सेभिलालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमाले खेलको एक मात्र गोल गरेका छन् । बेन्जमाले खेलको ६४औ मिनेटमा खेलको निर्णायक गोल गरेका थिए । डानी कार्भाजलले असिस्ट गरेको बलमा बेन्जमाले गोल गर्दै यस सिजनमा सेभिलाको अपराजित यात्रालाई रोकिदिएका छन् । बेन्जामाले यस सिजनमा ला लिगामा ५ खेलमा ५ गोल गरेका छन् ।

साथै पछिल्लो च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीसँग लज्जास्पद हार बेहोरेको रियल ला लिगामा भने विजयी लयमा फर्किएको छ ।

रियल म्याड्रिड यो जितसहित ५ खेलमा ११ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने सेभिला ५ खेलमा १० अंकसहित पाँचौ स्थानमा रहेको छ । ला लिगाको शिर्ष स्थानमा भने ५ खेलमा ११ अंकसहित एथलेटिक क्लब रहेको छ ।

रियलले अब अर्को खेल आगामी बुधबार ओसासुनासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै