• २०८१ बैशाख ७ शुक्रबार

लिभरपुलको विजयीयात्रा जारी, चेल्सीमाथि शानदार जित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र रोबेर्टो फिर्मिनोले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल एनगोलो कांटेले गरेका थिए ।

लिभरपुलले दुवै गोल खेलको पहिलो हाफमा गर्दै चेल्सीमाथि दबाब बनाएको थियो । दोस्रो हाफमा चेली खेलमा फर्किने प्रयास गरेपनि एक गोल मात्र फर्काउन सफल भयो ।

यो जितसँगै लिभरपुलले लगातार दोस्रो सिजनमा आफ्ना शुरुका सबै ६ खेल जितेको छ । लिभरपुलले ६ खेलमा १८ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी ५ अंक पछाडी रहेको छ ।

त्यस्तै चेल्सी भने ६ खेलमा २ जित, २ बराबरी र २ हारसहित ८ नाक बटुलेर ११औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै