१० खेलाडीमा सिमित आर्सनलको भिल्लामाथि शानदार कमब्याक जित

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शानदार कमब्याक गर्दै जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

२-१ ले पछि परेको अवस्थामा आर्सनलले खेलको अन्तिम १० मिनेटमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको थियो ।

खेलको ४१औ मिनेटमा आर्सनलका एन्सले मैटल्याण्ड निल्सले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको आर्सनलका लागि निकोलस पेपे, कलुम च्याम्बर्स र पिएररे एमरिक अउबमेयांगले एक एक गोल गरेका थिए ।

त्यस्तै एस्टन भिल्लाका लागि जोन म्याक गीन र वेस्ले मोराएजले एक एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनलको ६ खेलमा ११ अंक भएको छ भने गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ । एस्टन भिल्लाको भने छैठौ खेलमा यो चौथो हार हो ।

सम्बन्धित समाचार

प्रिमियर लिगमा आर्सनलको अप्रत्याशित हार

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले अप्रत्याशित हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा आर्सनल शेफिल्ड युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएको छ । शेफिल्डका लागि लिस मोउससेटले खेलको ३०औ मिनेटमा गरेको एक

पोखरा प्रिमियर लिगको नयाँ मिति सर्यो 

काठमाडौँ । पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगको नयाँ मिति सार्वजनिक भएको छ । नयाँ मिति अनुसार पीपीएल डिसेम्बर १४ देखि २८ तारिखसम्म हुनेछ । यसअघि नोभेम्बर १२ देखि २३ तारिखसम्म

ललानाको गोलबाट लिभरपुल हारबाट जोगियो 

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न रोमान्चक खेलमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएका हुन् ।  लिभरपुलका एडम ललानाले खेलको ८५औ

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराती सम्पन्न खेलमा सिटीले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्याब्रियल जिसस र डेविड सिल्भाले


z