• २०८१ बैशाख ८ शनिबार

१० खेलाडीमा सिमित आर्सनलको भिल्लामाथि शानदार कमब्याक जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शानदार कमब्याक गर्दै जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

२-१ ले पछि परेको अवस्थामा आर्सनलले खेलको अन्तिम १० मिनेटमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको थियो ।

खेलको ४१औ मिनेटमा आर्सनलका एन्सले मैटल्याण्ड निल्सले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको आर्सनलका लागि निकोलस पेपे, कलुम च्याम्बर्स र पिएररे एमरिक अउबमेयांगले एक एक गोल गरेका थिए ।

त्यस्तै एस्टन भिल्लाका लागि जोन म्याक गीन र वेस्ले मोराएजले एक एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनलको ६ खेलमा ११ अंक भएको छ भने गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ । एस्टन भिल्लाको भने छैठौ खेलमा यो चौथो हार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै