• २०८१ बैशाख ७ शुक्रबार

नर्सको नामदर्ताका लागि आवेदन खुला, परीक्षा कात्तिक ३० गते

kharibot

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले जनाएको छ । 

परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ । 

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भहबm।ललअ।यचन।लउ मा गई आवेदन दिन सकिने, दुई घण्टा ३० अवधिको परीक्षा १५० वटा प्र्रश्न सोधिने काउन्सिलले सूचनामा जनाएको छ । 

यसअघि काउन्सिलले असार १८ गते नामदर्ता परीक्षाको नतिजा सार्वजानिक गरेको थियो । सो परीक्षामा नेपाल र भारतका २१४ कलेजबाट ती तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी रहेका थिए ।

हालसम्म काउन्सिलमा ८९ हजार ७८७ नर्सले नाम दर्ता गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै