• २०८१ बैशाख १३ बिहीबार

पाँच क्यामरा भएको ह्वावे नोभा फाइभ टी सार्वजनिक, यस्ता छन् विशेषता 

kharibot

काठमाडौँ । ह्वावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन ह्वावे नोभा फाइभ टी आज नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभर उपलब्ध रहेको नोभा फाइभ टीले ग्राहकहरूलाई सहज रूपमा मोबाइल फोन प्रयोगको  प्रिमियम अनुभव प्रदान गर्दछ ।

आकर्षक र फ्युचरिस्टिक डिजाइन र पाँचवटा एआई क्यामरा भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक संजालका प्रयोगकर्ताहरूका लागि सर्वोत्तम स्मार्टफोन हो । 

ह्वावे नोभा फाइभ टी नेपालमा असोज ५ बाट उपलब्ध भएको र यसको मूल्य रुपैयाँ ५३ हजार ९ सय तोकिएको छ ।

सामाजिक संजालका लागि सबैभन्दा उत्कृष्ट सट महत्त्वपूर्ण रहेको अहिलेको समयमा ह्वावे नोभा फाइभ टी ले सामाजिक संजालका उत्साही प्रयोगकर्ताहरूलाई फोटो वा भिडियोसम्बन्धी कामहरू गर्नका लागि यसमा उत्कृष्ट टुलहरू रहेका छन् । ह्वावे नोभा फाइभ टी का प्रयोगकर्ताहरू प्रिमियम मोबाइल फोटो र भिडियो क्यामराहरूबाट लाभान्वित हुन्छन् साथै रमाइला पलहरू कैद गर्नका लागि सहज बनाउँछ ।

ह्वावेका स्मार्टफोनहरू मोबाइल फोटोग्राफी पावरहाउसका रूपमा प्रचलित छन् र नोभा सिरिज पनि सोही अन्तर्गत पर्दछन विशेषगरी सेल्फी क्यामराका लागि । अल्ट्रा– क्ल्यारिटीसहितको ह्वावे नोभा फाइभ टी को ३२ एमपी फ्रन्ट क्यामराले सूक्ष्म रूपमा स्पष्टताका साथ हरेक वस्तुलाई कैद गर्दछ ।

हाई डेफिनेसन, अल्ट्रा–वाइड एंगल, म्याक्रो तथा डेफ्थ अफ फिल्ड फोटोग्राफी सपोर्ट गर्ने चारवटा रियर एआई क्यामराहरूजडित नोभा फाइभ टीले एउटै सटमा भास्ट ल्याण्डस्केपदेखि क्लोजअप सटहरूसहित सबै खाले तस्वीरहरू खिच्दछ ।

यसमा ४८ एमपीको एचडी लेन्स, १६ एमपी वाइड एंगल लेन्स, २ एमपी म्याक्रो लेन्स र २ एमपी बोकेह लेन्स रहेको छ जसले फोटोको हरेक वस्तुलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने र सबैखाले प्रकाशमा पनि एक्सपोजरलाई सन्तुलित बनाई राख्छ । 

एआई इमेज स्टेबलाइजेसन, अटो एक्सपोजर लक तथा अटो फोकस लक जस्ता  एआई इन्ह्यान्स्ड फोटोग्राफी प्रविधिले तस्वीरहरू स्पष्ट र सूक्ष्म रूपमा खिच्दछ । यस मोबाइल फोनमा भएको शक्तिशाली अटोमेटिक भिडियो एडिटिङ सुविधाबाट नोभा फाइभ टीका

प्रयोगकर्ताहरु लाभान्वित हुन्छन् । एआई एचडीआर तथा एलगरिदम भएको नोभा फाइभ टी मार्फत् प्रयोगकर्ताहरूले अँध्यारोमा पनि अविश्वसनीय पोट्रेट सटहरू खिच्न सक्छन् ।

ह्वावे नोभा फाइभ टी मा प्रिमियम किरिन ९८० एआई प्रोसेसर जडित छ र ८ जीबी ¥याम तथा शक्तिशाली इएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको छ ।

नोभा फाइभ टीमा भएको २२.५ ह्वावे सुपरचार्ज प्रविधिले फोन चाँडै चार्ज हुन्छ । मोबाइल उद्योगकै अग्रणी जीपीयू टर्बो ३.० हार्डवेयर–सफ्टवेयर इन्टिग्रेटेड ग्राफिक प्रोसेसिङ एक्सेलेरेसन प्रविधिले फूल फ्रेमिङ गेमिङ अनुभव प्रदान गर्छ।

६.२६ इन्च ह्वावे पन्च फूल भ्यू डिस्प्ले भएको नोभा फाइभ टी को तौल मात्र १७४ ग्राम रहेको छ । वेफर जस्तो पातलो यस फोनको मोटाई ७.८७ एमएम रहेको छ जसले आकर्षक डिस्प्ले र स्लेन्डर लुक प्रदान गरेको छ । 

तीन वटा आकर्षक रंगहरू नीलो (क्रस ब्ल)ू, कालो र बैजनी (मिडसमर पर्पल) मा उपलब्ध रहेको छन् ।

ह्वावेको प्रोपाइटरी एक्सटेन्डेबल रिड–अन्ली फाइल सिस्टमले औसत ¥यान्डम रिड स्पीडलाई २० प्रतिशतले बढाउँछ । यसले रोम साइजलाई घटाएर सिस्टम स्टोरेज स्पेस बचाउन सघाउँछ । 

ह्वावे नोभा फाइट टी सामाजिक संजालमा आफ्नो रमाइला र स्मरणीय पलहरू तथा आफ्नो जीवनका दैनिक गतिविधि सेयर गर्न चाहाने प्रयोगकर्ताहरूका लागि सर्वोत्कृष्ट साबित हुन्छ । 

अत्याधुनिक पाँच वटा एआई क्यामराहरू भएको, आकर्षक डिजाइनका साथ नोभा फाइभ टी कन्टेन्ट क्रियटरहरूका लागि निकै लाभदायी हुनेछ ।

नोभा फाइभ टीका विशेषताहरू

आकारः १५२.२५ एमएम८ ७३.९७ एमएम८ ७.८७ एमएम  
तौलः १७४ ग्राम
डिस्प्लेः ह्वावे पन्च फूलभ्यू डिस्प्ले, एलसीडी
डिस्प्ले साइज : ६.२६ इन्च
रियर क्यामरोः ४८ एमपी एचडी लेन्स 
         १६ एमपी अल्ट्रा वाइड एंगल लेन्स
         २ एमपी म्याक्रो लेन्स
         २ एमपी बोकेह लेन्स
फ्रन्ट क्यामरा : ३२ एमपी एफ÷२.०
भिडियो रेजलुसन : फोर के, ३० एफपीएस
चिपसेट : किरिन ९८०
अपरेटिङ सिस्टम : इएमयूआई ९.१ एन्ड्रोइड ९ मा आधारित
¥याम तथा स्टोरेज : ८ जी र्याम+ १२८ रोम
ब्याट्री : ३७५० एमएच टिपिकल भ्यालु
      ह्वावे २२.५ सुपरचार्ज     
फिगरप्रिन्ट : सेन्स साइड माउन्टेड
हेडसेट : हिस्टन ६.० सपोर्टिङ ९.१ च्यानल
रंगहरू : कालो,  नीलो र बैजनी 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै