• २०८१ बैशाख ६ बिहीबार

गोबर ग्यासको खाल्डोमा डुबेर बालकको मृत्यु

kharibot

पर्वत । फलेवास नगरपालिका–१० कुर्घामा आफ्नै घरमा रहेको गोबर ग्यासको खाडलमा डुबेर आज डेढ वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रेगम नेपाली रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । उनलाई फलेवासस्थित धुलिखेल अस्पता पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरमा कोही नभएका बेला आँगनमा खेलिरहेका नेपाली खाडलमा खसेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै