इन्डोनेशियाको आकाश किन देखियो रगताम्य ?

खरीबोट

सबै तस्वीर : एका वुलनडारी

काठमाडौँ । इन्डोनेशियाको जाम्बी प्रान्तको आकाश अचानक रातो भयो । सामाजिक संजालमा रातो आकाश सहित फोटो र भिडियो अहिले भाइरल भैरहेको छ । खामा जाम्बी प्रान्तको जंगलमा लागेको ठुलो आगोका कारण अहिले सो क्षेत्रको आकाश रातो भएको हो ।

इन्डोनेसियाका जंगलमा हरेक बर्ष जसो हुने यस्ता आगलागीले सिंगो पूर्वी एशियालाई नै प्रभावित गर्ने गर्दछ ।

मौसम वैज्ञानिकहरुका अनुसार प्रकाशका किरण टुट्दा आकाशले यस्तो असामान्य रंग बदल्ने बताएका छन् ।

बिबिसीले उल्लेख गरे अनुसारजाम्बी प्रान्तको मेकर गाउँका २१ बर्षिय युवा एका वुलनडारीले फेसबुकमा शनिबार अपराहन्न खुनले लत्पतिएको जस्तो रगताम्य भएको आकाशको तस्वीर पोष्ट गरे ।सो पोएस्त फेसबुकमा ३४ हजार भन्दा बढी पटक सेयर भएको छ ।
शुरुमा यस्तो तस्वीर फेक भएको भनिएको भएपनि पछि भिडियो र तस्वीर हेरेपछि सहि भएको बिबिसीले उल्लेख गरेको छ ।

इन्दिनेशियाका मौसम विज्ञहौर्ले सो क्षेत्रमा कैयौ हट स्पट र एक मोटो धुँवाको लर्को देखिएको बताएका छन् । सिंगापुर विश्व विद्यालयका सामाजिक विज्ञानका प्रोफेसरटीह योंगले आकाशको रंग त्यति बेला बदलिन्छ जब धुँवामा रहेका केहि कणहरुमा प्रकाश पर्छ । उनले धुँवामा हुने धेरै जसो कण १ माइक्रोमिटरका हुन्छन, जसले हामीले देख्ने प्रकाशको रंग बदलिदिन्छन् ।

केहि कण त्यो भन्दापनि साना हुन्छन्, जसले धुवा धेरै हुदा आकाशको रंग बदलिदिने गर्दछन् । इन्डोनेसियाको यो तस्वीर दिउसोमा लिइएको र यति बेला सुर्य ठिक माथि हुने हुनाले पनि आकाशको रंग बढी रातो देखिएको उनको बुझाइ छ ।
      
   
  

सम्बन्धित समाचार

चिट चोर्ने नदिन विद्यार्थीको टाउकोमा कार्टुन बक्स !

भारतको कर्नाटकमा  मिड टर्म परीक्षा दिने क्रममा छात्रछात्राको टाउकोमा कार्टुन बक्स लगाएर परिक्षामा सामेल गरिएको छ ।  विध्यार्थीको चिट चोर्ने क्रियाकलाप देखि दिक्क भएका शिक्षकले उनीहरुलाई त्यस्तो गर्न लागएका थिए । हावेरी

विश्वमा अनौठा प्रथा : बेहुलीलाई थुक्नेदेखि चिहानमा रमाइलो गर्नेसम्म

मानिस अरु प्राणीभन्दा सर्वश्रेष्ठ हुनुको कारण कला, संस्कृति र परम्परा हुन् । वास्तबमा मानव सभ्यताको सुरुवात देखि थुप्रै संस्कृतिहरु विकसित हुदै आइरहेका छन् र हरेकको आफ्नो शैली र  शिष्टाचार छन्

बङ्गलादेशी दुलही जन्ती लिएर दुलाहाको घरमा गएपछि ...

ढाका । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका (भाइरल)

फोटोग्राफरले स्मार्टफोन हटाएपछि देखिएको एक्लोपन...

अमेरिका । के तपाईले यो फोटो फिचर आफ्नो हाते डिभाइसमा त हेर्दै हुनुहुन्न ? सायद पक्कै पनि तपाईं आफ्नो स्मार्टफोन, ट्याब अथवा अन्य कुनै ग्याजेट हातमा लिएर यो फिचर हेर्दै हुनुहुन्छ


z