• २०८१ बैशाख ७ शुक्रबार

अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री

kharibot

फाइल तस्वीर

डडेल्धुरा । अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदास्थ अनाथालयमा रहेका बालबालिकालाई स्टेशनरी र खेलकूद सामग्री वितरण गरिएको छ । 

अनाथालयका बालबालिकालाई एक शैक्षिकसत्रसम्म पुग्ने गरी कापी, कलम, पेनसिल, सामान्य ज्ञान, नेपाली तथा अङ्ग्रेजी व्याकरण र खेलकूद अन्तर्गत भलिबल, नेट, पम्पलगायतका सामग्री वितरण गरिएको सन नेपाल इन्स्योरेन्स कार्यालयका क्षेत्रीय प्रबन्धक दीपेन्द्र साहले जानकारी दिए ।

सो कम्पनी जीवन बीमासँगैं सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यसाथ स्थापना भएको उनले बताए । डडेल्धुरामा स्थापना भएको सो संस्थाले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा रचनात्मक कामसँगै सामाजिक उत्तरदायित्व निर्वाह हुने खालका काम गर्दे आइरहेको जानकारी दिँदै अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।

अनाथालय सञ्चालन गरिहेका युवा समाजसेवी जीत ताम्राकारले शैक्षिक र खेलकूद सामग्री हस्तान्तरणले निकै राहत पुगेको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक र खेलकूद सामग्री हस्तान्त्ररण गरेर उदाहरणीय काम गरेको उनले बताए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै