• २०८१ बैशाख ६ बिहीबार

जलवायु परिवर्तन: अहिलेसम्मकै सबैभन्दा बढि गर्मी

kharibot

फाइल तस्वीर

काठमाडौँ । न्युयोर्कमा भैरहेको संयुक्त राष्ट्रको जलबायु परिवर्तन सम्बन्धि शिखर सम्मेलन अघि वैज्ञानिकहरूले विश्वव्यापी तापमानको सङ्केत र प्रभावहरू बढिरहेको भन्दै चेतावनी दिएका छन् । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) को एक रिपोर्ट अनुसार पिछल्लो पाँच वर्ष २०१४ देखि २०१८ अहिले सम्मकै सबैभन्दा धेरै तापमान रेकर्ड भएको हो । कार्बनडाइअक्साइडको उत्सर्जन बढेका कारण समुन्द्रको पानीको सतहमा पनि वृद्धि भएको छ । 

डब्ल्यूएमओले कार्बन उत्सर्जन रोक्नको लागि तत्काल तीव्र प्रयास गर्नुपर्ने बताएको छ । संस्थाको रिपोर्टमा  बढिरहेको गर्मी, त्यसको असर र कारणहरुमा हाल भैरहेको नयाँ जानकारीहरु प्रस्तुत गरिएको छ । रिपोर्टको अनुसार विश्वको तापमान सन् १८५० पछि १.१ डिग्री सेल्सियस र सन् २०११ देखि सन् २०१५ बीचमा ०.२ डिग्री सेल्सियसको वृद्धि भएको थियो ।

यो कार्बन उत्सर्जनको कारणले भैरहेको छ र सन् २०१५ देखि सन् २०१९ सम्ममा २० प्रतिशतले ग्यासको मात्रा बढिरहेको छ । त्यस्तै समुन्द्रको पानिको  सतहमा पनि प्रति वर्ष ५ मिलिमिटरको वृद्धि भैरहेको छ । 

डब्ल्युएमओको महासचिब पेटेरी तालस प्रत्यक वर्ष बढिरहेको पानीको सतह र अन्टार्टटिका र ग्रिनल्याण्डको हिऊको सतह पग्लिनुको कारण चिन्तित छन् र यो अझै बढ्दो अवस्थामा छ । उनले भने, ‘समुन्द्रमा पानीको सतह बढेका कारण बहामास र मोजाम्बिकमा आएको तातो हावाको तूफानले धेरै आर्थिक र मानवीय क्षति भएको थियो ।’ 

सन् २०१८ मा महासागरहरुको पानिको तापमान पनि ९० प्रतिशतले बढेको थियो । पृथ्वीमा बढिरहेको गार्मीका कारण, लु र जंगलहरुमा आगलागीको घटना धेरै हुन थालेको छ । आइएनपीईले जनावरीदेखि अगस्ट महिनाबीचमा बिश्वभर ७२ हजारवटा डढेलोका घटना पहिचान गरेको बताएको छ । यो त्यस्तो विवरण राख्न थालिएको सन् २०१३ पछिको सबैभन्दा बढी सङ्ख्या हो ।
ब्रिटेनको युनिभर्सिटी अफ रिडिङ्का जलवायु सम्बन्धी प्राध्यापक ब्रिअन होस्किङ्स भन्छन् -‘स्कुले बालबालिकाबाट आइरहेको यो चर्को आवाजलाई हामीले सुन्नुपर्छ । यो आपत्कालीन अवस्था हो ।’ 

भाषण मात्र होइन कार्यन्वयन पनि हुनुपर्छ  

संयुक्त राष्ट्रसंघको महासचिब एंटिनियो गुटेरसले नेताहरुलाई भाषण मात्र नभई ठोस प्रतिबध्ताको साथ आउन आग्रह गरेका छन् । गुटेरसले आउँदो दशकमा नाटकीय ढङ्गबाट उत्सर्जन कम गर्ने र सन् २०५० सम्ममा कार्बनको उत्सर्जन दरलाई सुरक्षित तहमा राख्ने योजनाको आशा गरेको र ती सम्मेलनमा सार्वजनिक हुने बताए । उनले सन् २०२० पछि विश्व फोसिल इन्धन छाड्दै जाने र कोइलाले इन्धन दिने उर्जा केन्द्रहरू बन्द होउन् भन्ने आफूले चाहेको बताए । 

स्विडिस वातावरण अभियानकर्मी ग्रेट टुनबेर्ग सहित थुप्रै युवा अभियानकर्मीहरूले सम्मेलनमा सम्बोधन गर्नेछन् । ब्रिटिश प्रधानमन्त्री बोरिस जनसन, फ्रेन्च राष्ट्रपति एम्यानुअल माँक्रोसहित ६० नेताहरूले मञ्चमा उभिएर आफ्ना प्रतिबद्धताहरू व्यक्त गर्नेछन् ।

कोइलाबारेको संवेदनशील विषयमा अर्थ राख्ने जापान र अस्ट्रेलियाका नेताहरू भने सम्मेलनमा सहभागी हुने छैनन् । अमेरिका, ब्राजिल र साउदी अरेबिया समेत सम्मेलनमा बोल्ने छैन । तर चीन र भारत कोइला क्षमताको नेतृत्व गर्ने नयाँ शक्तिराष्ट्र भए पनि उनीहरूलाई मञ्च दिइएको छ । 

डब्ल्यूएमओका पेटटेरी तालसको अनुसार, उर्जा उत्पादन र पारवहनको कारणले ग्रिन हाउस ग्यासको उत्सर्जन कम गर्न मह्त्वपूर्ण छ र यदि जलवायु परिवर्तन कम गरेन भने पेरिस सम्झौतामा निर्धारित लक्ष्य पुरा गर्न सकिदैन ।
-बीबीसीको रिपोर्टमा आधारित

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै