• २०८१ बैशाख ७ शुक्रबार

संसद भंग गर्ने सिफारिस असंबैधानिक, प्रधानमन्त्री जोन्सन अप्ठ्यारोमा

kharibot

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद भंग गर्न महारानीलाई गरेको सिफारिस असंबैधानिक भएको छ ।

बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा आज निर्णय दिदै प्रधानमन्त्रीको सिफारिस असंबैधानिक भएको निर्णय दिएको हो । 

अदालतले प्रधानमन्त्री जोन्सनले सहि कारण दिएर संसद भंग गर्ने सिफारिस नगरेको आरोप लगाउदै ब्रेक्जिटको नाममा संसदलाई आफ्नो काम गर्न रोक्न नहुने तर्क गरेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले गरेको निलम्बनसम्वन्धी निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा केही दिन पहिले मुद्दा दर्ता भएको थियो ।

युरोपेली संघबाट बेलायतलाई बहिर्गमन गराउने विषयलाई आफ्नो अनुकुल वातावरण बनाउन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको सिफारिस गरेका थिए । 

गत हप्ता अदालतमा तीन दिनसम्म भएको बहसपछि अदालतले आज निर्णय सुनाएको हो ।

कुल ११ मध्ये सात जना न्यायाधीशहरूको इजलाशले यस बारेमा निर्णय गरेको छ । 

बेलायतको प्रधानमन्त्रीका रूपमा गत जुलाईमा मात्रै जोनसनले पदबहाली गरेका हुन् । जिम्मेवारी लिएको छोटो अवधिमै उनी संकटमा परेको विश्लेषण गरिएको छ । 

अदालतको यो निर्णयपछि अब प्रधानमन्त्रीक ओरुप्मा जोन्सनको भविष्यमा नै प्रश्न उठ्न थालेको बेलायती मिडियाले लेखेका छन् ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै