• २०८१ बैशाख १२ बुधबार

दशैँसम्म मनसुन रहने !

kharibot

फाइल तस्बीर

काठमाडौँ । मनसुन अझै केही दिन लम्बिने भएको छ ।

नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

“मनसुन सक्रिय भए पनि निरन्तर भारी वर्षाको सम्भावना छैन, देशभर हल्का र छिटपुट वर्षा हुनेछ”, उनले भने । 

पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने सङ्केतका रुपमा लिने गरिन्छ । केही दिनअघि देखि अरेबियन तथा बङ्गालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै