• २०८१ बैशाख ८ शनिबार

अपहरणको नाटक गर्ने पक्राउ

kharibot

पोखरा । पोखराबाट आफु अपहरणमा परेको भनेर नाटक गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।

पोखरा–११ को फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी गराए । 

लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्यले पौडेलले अपहरणको नाटक गरेको रहस्य खुलेपछि पक्राउ गरिएको बताइएको छ । आफु अपहरण परेको भनेर पौडेलले यही असोज ४ गते मध्याह्न १:३० बजे प्रहरीलाई खबर गरेपछि निजको खोजतलास र अपहरणकारीलाई पक्राउका लागि प्रहरी परिचालन गरिएको थियो । 

असोज ५ गते उनले रुपन्देही जिल्लाका स्थानीय प्रहरीको सम्पर्कमा आएर अपहरणकारीले आफुलाई छोडी गएको भारततर्फ बोलाएको जानकारी गराएका थिए । 

प्रहरीले पौडेललाई आफन्तको जिम्मामा लगाएर थप अनुसन्धान गर्दा उनको कसैले अपहरण नगरेको तर लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्य रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै