• २०८१ बैशाख ४ मंगलबार

राष्ट्रसंघमा ट्रम्पले भने- भविष्य ‘विश्ववादी’को होइन, ‘देशभक्त’ को हुनेछ

kharibot

संयुक्त राष्ट्रसंघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यवस्थामाथि नयाँ आक्रमण गर्दै मङ्गलबार विश्ववादीहरूले नजित्ने  बताएका छन् ।

राष्ट्रसंघमा सम्वोधन गर्दै उनले भने, “भविष्य विश्ववादीको नभै देशभक्तको हुनेछ ।”

उनले थपे, “भविष्य आफ्ना नागरिकको भलो चिताउने र सुरक्षा प्रदान गर्ने सार्वभौम तथा स्वतन्त्र मुलुकहरूको हो । उनीहरूका छिमेकीलाई आदर गर्नुस् । मतभिन्नताहरूलाई सम्मान गर्नुस् । यसबाट हरेक मुलुकलाई विशेष र भिन्न बनाउनेछ ।”

“बषौँसम्म यी व्यापार तनावहरू सहियो, वेवास्ता गरियो वा अझ प्रोत्साहन गरियो,” ट्रम्पले सम्वोधनमा भने । उनले थपे, “विश्वका नेताहरूलाई विश्वव्यापीकरणले उनीहरूको आफ्नो हितलाई बिर्सन उद्दत गरेको छ ।” 

उनले इरानले आफ्नो व्यवहार नसच्चाएसम्म नाकावन्दी जारी रहने बताउँदै अमेरिकाको आलोचना गर्ने मुलुकहरू र त्यहाँका गतिविधिप्रति पनि विरोध जनाएका थिए ।

यहि सेप्टेम्बर १७ देखि शुरु भएको संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरुले सम्बोधन गर्ने क्रम शुरु भएको छ । महासम्मेलन ३० सेप्टेम्बरसम्म चल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै