• २०८१ बैशाख ७ शुक्रबार

ट्रम्पले मोदीलाई भने – यति राम्रा पत्रकार कँहाबाट ल्याउनुभयो ?

kharibot

 काठमाडौँ । 'हाउडी मोदी' कार्यक्रम पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेरी भेटवार्ता भएको छ । यो भेटवार्तामा ट्रम्पले पत्रकारहरुप्रति गरेको टिप्पणीका कारण चर्चामा रहेको छ । यस अघि हाउडी मोदी कार्यक्रममा मोदीले 'अबकी बार ट्रम्प सरकार' भन्ने नारा लगाए पछि उनको आलोचना भएको थियो ।

मोदी र ट्रम्पले गरेको पत्रकार भेटघाट निकै रोचक भएको छ । भारतीय पत्रकारले ट्रम्पलाई काश्मिरको विषयमा प्रश्न गरेपछि ट्रम्पले आफुलाई यस्ता पत्रकार मन परेको बताउदै मोदीलाई तपाइँले यस्ता पत्रकार कँहाबाट ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका थिए । एक दिन अगाडी ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटघाट पछि गरेको पत्रकार सम्मेलनमा समेत ट्रम्पले पाकिस्तानी पत्रकारमाथि यस्तै टिप्पणी गरेका थिए ।

भारतीय पत्रकारले कट्टरपन्थी आतंकवादसँग छुटकारा पाउने के योजना छ ? के अहिले आतंकवाद ठुलो मुद्धा होइन ? पाकिस्तान प्रायोजित आतंकवादसँग छुटकारा पाउने रोडम्याप के छ ? भन्ने जस्ता प्रश्न गरेका थिए ।

जवाफमा ट्रम्पले मोदीतर्फ फर्किदै भने, 'तपाइँसँग राम्रा रिपोर्टर छन्, मसँग पनि यस्ता रिपोर्टर भएको भए हुन्थ्यो, तपाइँहरु अन्य पत्रकारले भन्दा राम्रो गर्दै हुनुहुन्छ । तपाइले यस्ता पत्रकार कँहाबाट खोज्नु हुन्छ ?'

यसअघि इमरान खानसँगको पत्रकार सम्मेलनमा पनि ट्रम्पले इमरानलाई यस्ता पत्रकार कँहाबाट खोजेर ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका थिए ।

अमेरिकामा मिडियाको लगातार आलोचना खेपेपछि मिडियासँग शीतयुद्ध नै चलिरहेको बेला ट्रम्पले आफुलाई अमेरिकामा मिडियाले सहयोग नगरेको संकेत गर्दै मोदी र इमरानले मिडियासँगको सम्बन्ध राम्रो बनाएको संकेत ट्रम्पले गरेका हुन् ।

ट्रम्पले हरेक दिन जस्तो सामाजिक संजाल ट्वीटरमा मिडियालाई फेक मिडिया भन्दै आलोचना गर्ने गर्दछन । अमेरिकी मिडिया सिएनएनको त ट्रम्पले नाम परिवर्तन गरेर फ्रडन्युज सिएनएन राख्नु पर्ने समेत बताएका थिए ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै