• २०८१ बैशाख १३ बिहीबार

प्रदेश १ को बजेट अधिवेशन अन्त्य

kharibot

फाइल तस्वीर

विराटनगर ।  प्रदेश नं.१ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन बुधबारदेखि अन्त्य भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएका थिए ।

बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ मिनटको अवधिमा ५३ वटा बैठक बसेको थियो । यस अधिवेशनमा १४ वटा विधेयक पारित भएका छन् । तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका चारवटा विधेयकहरुसहित यो अधिवेशनले १४ वटा विधेयक पारित भएको सभामुख भण्डारीले जानकारी दिए । 

अहिलेसम्ममा प्रदेशसभाले ४३ वटा विधेयक पारित गरिसकेको छ भने सबै विधेयकहरु सहमति, सहकार्य र एकताबाट नै गरिएका थिए भने मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरुको विरोधको कारण बहुमतबाट पारित गरिएको थियो । अहिलेसम्ममा सदनले पाँचवटा विधेयकलाई संशोधन  गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै