• २०८१ बैशाख ६ बिहीबार

विश्वमा अनौठा प्रथा : बेहुलीलाई थुक्नेदेखि चिहानमा रमाइलो गर्नेसम्म

kharibot

मानिस अरु प्राणीभन्दा सर्वश्रेष्ठ हुनुको कारण कला, संस्कृति र परम्परा हुन् । वास्तबमा मानव सभ्यताको सुरुवात देखि थुप्रै संस्कृतिहरु विकसित हुदै आइरहेका छन् र हरेकको आफ्नो शैली र  शिष्टाचार छन् ।

विश्वमा अचम्मलाग्दो पाँच चलनचल्तीहरु: 

फ्रान्समा किस गर्ने चलन 

संसारको प्राय सबै संसाकरमा अभिवादन गर्नु सम्मान्य कुरा हो । कतै हात जोडेर नमस्ते भन्ने चलन हुन्छ त कतै अंकमाल गरेर अनि कतै गालामा किस गरेर । तर फ्रान्समा भने अचम्मको चुम्बन गर्ने औपचारिक बिधि नै रहेको छ । त्यँहा किस गर्ने नियम नै बनाएको छ, महिला  र पुरुषलाई छुट्टा छुट्टै नियम हुन्छ । आफ्नो ठाउँ अनुसारले कति पटक किस गर्यो भन्दै गनेर किस गरिने चलन छ  । 

बेहुलीलाई थुक्ने चलन 

ग्रीक संस्कृति अनुसार बिहेमा बेहुलीलाई थुकेर शुभकामना दिने चलन रहेको छ । यसरी थुथु गरेर थुक्दा कसैको नराम्रो नजर लाग्दैन भन्ने विश्वास छ  । 

सेप्टेम्बर १२ गर्वधारण गर्ने लक्की दिन

रसियामा सेप्टेम्बर १२ को दिन जोडीहरु यौन सम्पर्क राखेर बच्चा जन्माउने चलन छ । खासमा रसियन सरकारले देशको घट्दो जन्म दर र सेक्स रेसियो बराबर नभएको कारण यस्तो नीति राखेको हो । त्यस दिन देशमा सरकारी बिदा हुन्छ र त्यो दिन पछि गर्भवती भएर लगभग नौ महिना पछि बच्चा जन्माउने जोडीलाई पुरस्कार पनि दिने चलन छ ।

चिहानमा भेटघाट रमाइलो गर्ने 

चिहान भन्ने बित्तिकै कतिपयलाई डरले हात खुट्टा काप्न थाल्छट तर डेनमार्कमा भने चिहानमा नै छुट्टि मनाउने भेटघाट गर्ने ट्रेन्ड रहेको छ । 

सुरुप्प पारेर खाने 

खान खाने बेलामा आवाज निकालेर सुरुप सुरुप गर्दै खानु पश्चिमी समाजमा त्यसलाई असभ्य मानिन्छ । तर जापानी संकृतिमा भने सुरुप्प गर्दै नुडल्स खानु राम्रो मानिन्छ र त्यसो गर्दा खाना मिठो छ भन्ने बुझिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै