• २०८१ बैशाख १३ बिहीबार

भारतबाट आउने छाडा चौपायाले नेपालगञ्ज बजार भद्रगोल

kharibot

फाइल तस्वीर

नेपालगञ्ज । नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ । 

गाई, साढे, सङ्गुर, घच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौको सङ्ख्यामा भेटन सकिन्छ । पछिल्लो समय दैलेखमा छाड्न लगिएका गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म आइपुगेका छन् । यो घटनाले देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो । 

सो घटनामा केही व्यक्ति दोषी देखिएको सरकारी छानबीन टोलीले पनि ठहर गरेको छ । छानबिन समितिले हिजो गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गरेको छ । गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका झण्डै तीन सयमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्ल आसपास क्षेत्रमा मृत फेला परेका थिए ।   

यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाडने नेपालगञ्ज उपमहानगरपालिका निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरि चौपाया थुन्ने गरेको छ । 

नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौंको सङ्ख्यामा पशुयता धपाउने गरिएको छ । वर्षात शुरु हुने समयमा खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । 

केही समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर नै सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै