• २०८१ बैशाख ८ शनिबार

त्रिकोणीय सिरिजको प्रत्यक्ष प्रशारण हुने, नेपाली टिम सिंगापुर पुग्यो

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम त्रिकोणीय टी-२० सिरिज खेल्न सिंगापुर पुगेको छ । बुधबार राति त्यसतर्फ गएको नेपाली टोलिले शुक्रबार देखि शुरु हुने सिंगापुर र जिम्बाबेसँगको त्रिकोणीय टी-२० सिरिज खेल्ने छ ।

यस त्रिकोणीय सिरिजको वेक स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने छ । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले वेक स्पोर्ट्स (wec sports) सँगको छोटो कुराकानीमा खेलको प्रत्यक्ष प्रशारण हुने समेत जानकारी दिएका छन् ।

पारसले अघिल्लो महिना सिंगापुरमै सम्पन्न विश्वकप छनौटमा सिंगापुरमा राम्रो खेल्न नसकेको उल्लेख गर्दै यस पटक टिमलाई प्रमाणित गर्ने अर्को अवसर भएको बताएका छन् ।

सिरिजको वेक स्पोर्ट्सको फेसबुक फेज (https://www.facebook.com/wecsports/) मा प्रत्यक्ष प्रशारण हुने छ ।

नेपालले यस त्रिकोणीय सिरिज पछि तुरुन्तै ओमानमा हुने अर्को टी-२० सिरिजमा भाग लिदै छ । सो सिरिजमा नेपालसहित ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्डस रहेका छन् ।

सिंगापुर र ओमान सिरिजको लागि नेपालको १५ सदस्यीय टोली :

पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), कुशल मल्ल, इशान पाण्डे, सोमपाल कामी, सन्दीप लामछाने, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी, पवन सरार्फ, अभिनाश बोहोरा, रोहित कुमार पौडेल र सुशन भारी ।

नेपालको खेल तालिका

नेपाल,सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिज

नेपाल विरुद्ध जिम्बाबे (असोज १० गते)
नेपाल विरुद्ध सिंगापुर(असोज ११ गते)
नेपाल  विरुद्ध जिम्बाबे(असोज १४ गते)
नेपाल विरुद्ध सिंगापुर (असोज १५ गते)

ओमानमा हुने टी-२० सिरिजको तालिका

नेपाल विरुद्ध हङकङ (असोज १९ गते)
नेपाल विरुद्ध नेदरल्यान्ड्स (असोज २० गते)
नेपाल विरुद्ध आयरल्यान्ड (असोज २२ गते)
नेपाल विरुद्ध ओमान (असोज २३ गते ) 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै