• २०८१ बैशाख ६ बिहीबार

फुर्सदिली आनालाई प्रेमीको साथ

kharibot

तस्वीर - इन्ष्ट्रग्रामबाट

काठमाडौँ । नायिका आना शर्मा यतिखेर ‘हात लाग्यो शुन्य’को अवस्थामा छिन् । किनभने उनीदेखि फिल्मका निर्माता निर्दैशक तर्सेका छन् । 

पहिलो फिल्म जेरीमा नायक अनमोल के.सी.सँग स्कृन सेयर गरेर नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी उनको सम्झन लायक फिल्म पनि त्यहि एउटा मात्रै रह्यो । त्यो पछि केहिले उनलाई फिल्ममा खेलाउने हिम्मत गरेपनि ति असफल भए । 

जेरी फिल्मबाट सफलताको स्वाद चाखेपनि उनी लामो समयसम्म बेरोजगार भईन् र बलैतलै ग्याङस्टर व्लुजमा काम गर्ने मौका पाईन् । उक्त फिल्म सुपरडुपर फ्लप भएपछि द म्यान फ्रम काठमाडौं नामको अंग्रेजी फिल्ममा काम गरिन् तर दर्शकले रुचाएनन् । 

लामो समयको ग्याप राखेर खेलेको फिल्ममा पनि दर्शकले उनलाई लोपर्नुमा उनका ब्वाइफ्रेन्डसँगको सामिप्यता रहेको फिल्म बृत्तका मानिसहरुले कानेखुशी गर्ने गरेका थिए । हुन पनि जुन समयमा फिल्मको प्रमोशनमा हिड्नुपर्ने हो उनी प्रेमीको साथमा हुन्थिन् । सामाजिक सञ्जालमा फिल्मका पोष्टर भन्दापनि प्रेमीसँग अंगालोमा बाँधिएका फोटोहरु बढि आउँथे ।

उनी सोनाम शेर्पा नाम गरेका युवा ब्यवसायीको प्रेममा छिन् । अहिले बेराजगार छिन्, प्रेमीसँगको फोटोमा पनि खडेरी लागेको छ । लामो समयको खडेरीपछि बल्लबल्ल एक फोटो बर्षाएकी छन् उनले र लेखेकी छन्, तपाईहरुको फेवरेट जोडी । 

उनका फ्यानहरुले पनि यो जोडीलाई राम्रो मानेका छन् । बल्ल आनाको दिमागमा बत्ती बल्यो जस्तो छ । सधैं यसैगरी बेरोजगारीको समयमा हो है प्रेमीसँग रमाउने । अनि पो निर्माताले पनि पत्याउँछन् त, आना मेहनती छिन्, काममा ध्यान दिन्छिन् भनेर ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै