मुक्तिनाथ विकास बैंकद्धारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

खरीबोट

काठमाडौँ । मुक्तिनाथ विकास बैक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप ३० हजारको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका माननीय सांसद कृष्ण प्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरेका छन् । 

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए । 


 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ अभियान सञ्चालन  

काठमाडौँ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको

मुक्तिनाथको संस्थागत र व्यक्तिगत उपलब्धी बचत खाता सञ्चालनमा 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ÷संस्था, विभिन्न व्यापार÷व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण

दाङमा मुक्तिनाथ विकास बैंकको व्यवसायीक साक्षरता कार्यक्रम 

काठमाडौ । मुक्तिनाथ विकास बैंकले यही कात्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका, ०६ मा सम्पन्न गरेको छ । व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट


z