• २०८१ बैशाख ८ शनिबार

बिटक्वाइन कारोबार गरेको आरोपमा बिटसेवा प्रालिका कार्यकारी निर्देशक र अध्यक्ष पक्राउ

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटसेवा प्रालि तथा बिटसेवा डटकम अनलाइनका अध्यक्ष र कार्यकारी निर्देशकलाई पक्राउ गरेको छ ।

सीआईबीले राष्ट्र बैंकको इजाजत नै नलिई अवैध बिटक्वाइन, क्रिप्टोकरेन्सीको खरिदबिक्री कार्यमा संलग्न रहेको भन्दै दुई जनालाई पक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप हुने गरी इजाजतविनै अवैध कारोबारमा संलग्न भई अनलाइनको समेत प्रयोग गरेको भन्दै बिटसेवा प्रालिका अध्यक्ष कास्कीका राम ढकाल र कम्पनीका कार्यकारी निर्देशक काठमाडौंका पुरुषोत्तमधर तुलाधरलाई पक्राउ गरिएको हो ।

उनीहरुले अनलाइन, फेसबुक पेज खोलेर अवैध बिटक्वाइन, क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोप सीआईबीको छ । उनीहरुलाई गत मंगलबार र बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै